
काठमाण्डु, ११ जेठ- भारतीय विदेशमन्त्री एस जयशंकर र भारतका लागि नेपाली राजदूत डा शंकर शर्माबीच भेटवार्ता भएको छ ।
शर्मा विदेशमन्त्री जयशंकरलाई भेट्न बिहीबार बिहान पुगेका थिए ।दील्लीस्थित नेपाली राजदूतावासको नेतृत्व लिएर करिब १४ महिनाअघि पुगेका डा शंकर शर्माले पहिलोपटक भारतीय विदेशमन्त्रीसँग शिष्टाचार भेट गरेका हुन।
राजदूत शर्मा २०७८ चैत्र १८ मा दिल्ली पुगेका थिए। सो क्रममा दुई देशबीचको गहिरो र बहुपक्षीय साझेदारीको बारेमा छलफल भएको भारतीय विदेशमन्त्री जयशंकरले ट्वीटरमार्फत जानकारी दिएका छन् ।
हाम्रो गहिरो र बहुपक्षीय साझेदारीको बारेमा छलफल भयो। आगामी दिनमा यसलाई थप विस्तार गर्ने प्रतिबद्धता जनाएका छौं,’ जयशंकरले लेखेका छन्।