
काठमाण्डु,११ जेठ- रौतहट मा एक बृदाको हत्तयाभएको छ।
जील्लाको देवाही गोनाही नगरपालिका वडा नम्बर १ स्थित करूनिया गाउँका का ७५ वर्षीय शेख तैयबको हत्या भएको हो । उनको टाउकोमा गोली लागेको प्रत्यक्षदर्शीले बताएका छन।
उनको शव पोर्टमार्टका लागि पठाइएको र रिपोर्ट आएपछि गोली लागेको वा अन्य हतियार प्रयोग भएको भन्नेबारे खुल्ने प्रहरीले जानकारी दिउको छ। तैयबको गए रातिनै कसैले हत्या गरेको हुनसक्ने प्रहरीको अनुमान छ।
आज बिहान स्थानीयले खबर गरेलगत्तै प्रहरी टोली घटनास्थलमा पुगेर अनुसन्धान गरिरहेको छ। मृतकको शव पोस्टमार्टमको लागी जिल्ला अस्पताल गौर पठाएको छ ।