उखु किसानको समस्या समाधान होस् : अमरेश सिंह

काठमाण्डु टुडे २०८० जेठ ७ गते ११:५२ मा प्रकाशित

काठमाण्डु, ७ जेठ– प्रतिनिधि सभा सदस्य अमेरस कुमार सिंहले उखु किसानको समस्या तत्काल समाधान गर्न सरकारको ध्यानाकर्षण गराएका छन ।

आज (आइतबार) बसेको प्रतिनिधि सभा बैठकमा शून्य समयमा बोल्दै उनले यस्तो बताएका हुन । उनले अहिलेसम्म उनीहरुले उखुको भुक्तानी नपाएको भन्दै भुक्तानी दिन माग गरेका छन ।

उनले धान रोप्ने समय आउन लाग्दासमेत भुक्तानी नपाएको बताएका छन । उनले भने, ‘पैसा नभएर कसरी धानबाली लगाउने ? कसरी मल किन्ने कसरी बिउ किन्ने रु त्यसकारण उखु किसानको समस्या तत्काल समाधान होस् ।

उखु नगदेबाली भए पनि सरकारले उधारो बाली बनाइदिएको उनको भनाइ छ । ‘किसानलाई न समयमा मल दिने, न बिउ दिने न सिचाइको व्यवस्था गर्ने सरकारले उल्टै किसानले मिहिनेत गरेर उँखु उत्पादन गर्छ, त्यसलाई सरकारले उधारोमा लट्काइदिन्छ ’।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us