मलाई १० वर्ष जेल हाल्न खोजिएको छ: इमरान खान

काठमाण्डु टुडे २०८० जेठ १ गते ११:४९ मा प्रकाशित

एजेन्सी– यतीबेला पाकिस्तानमा राजनीतिक उथलपुथल छ । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानका समर्थकहरुले धेरै सहरमा विरोध प्रदर्शन जारी राखेका छन ।

यसैबीच, इमरान खानले सोमबार दाबी गरेका छन् कि देशको शक्तिशाली सैन्य प्रतिष्ठानले उनलाई देशद्रोहको आरोपमा आगामी १० वर्षसम्म जेलमा राख्ने योजना बनाएको छ ।

पाकिस्तान तहरीक ए इन्साफ ९पीटीआई० प्रमुखले सोमबार बिहान ट्वीटहरूको श्रृंखलामा भनेका छन्, ‘म जेलमा हुँदा उनीहरूले हिंसाको बहानामा न्यायाधीश, निर्णायक र जल्लादको भूमिका निभाएका थिए।

अब बुशरा बेगम खानकी पत्नी लाई जेलमा हाल्ने र देशद्रोहको कानुन प्रयोग गरेर मलाई आगामी १० वर्ष जेलमा राखेर अपमान गर्ने योजना हो।’ इमरान खानको लाहोरस्थित निवासमा पीटीआई नेताहरूको बैठकपछि यो ट्वीट आएको हो ।

७० वर्षीय नेता सयभन्दा बढी मुद्दामा धरौटीमा छुटेका छन् । ‘मानिसहरूले प्रतिक्रिया नदेओस् भनेर सुनिश्चित गर्न, तिनीहरूले दुईवटा काम गरेका छन् पहिलो, जानाजानी पीटीआई कार्यकर्ताहरूलाई मात्र होइन, आम नागरिकहरूलाई पनि आतंकित पार्ने र दोस्रो, मिडियालाई पूर्ण रूपमा नियन्त्रित गरेर र दमन गरिएको छ’ उनले भने ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us