
काठमाण्डु,३ वैशाख भारतबाट पेट्रोलियम पदार्थको मुल्य बढेर आएको छ । इन्डियन आयल कर्पोरेसनले आइतबार १६ तारिखमा नयाँ मूल्यसूची पठाएको नेपाल आयल निगमले जानकारी दिएको छ ।
पेट्रोलको मुल्य प्रतिलिटर ६।३३ रुपैयाँ र डिजेलमा ६० पैसाले बढेर आएको निगमले जानकारी दिएको छ । नयाँ मूल्यसूची अनुसार निगमलाई १५ दिनमा ५९ करोड नाफा हुने निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानिले जानकारी दिएका छन ।