
काठमाण्डु,२ वैशाख– आज शनिबार बागमती नदीमा सफाइका क्रममा पेस्तोल भेटिएको छ । बागमती सफाइका क्रममा नदीमा अमेरिकी कम्पनीको पेस्तोल फेला परेको हो ।
बागमती सभ्यता एकीकृत विकास समितिले शनिबार गौशालादेखि सुरु गरेको बागमती सफाइको क्रममा तिलगंगाको शारदा स्कुल नजिक सो पेस्तोल फेला परेको सफाइमा संलग्न चुरे संरक्षण तथा पर्यटन प्रवर्द्धन फाउन्डेसन मधेस प्रदेशका अध्यक्ष विष्णु साहले जानकारी दिएका छन ।
पेस्तोल एउटा झोलामा पोको पारेर नदी फ्यालिएको उनले बताएका छन । सफाइ गर्ने क्रममा झोलासहितको सो पेस्तोल फेला परेको उनले बताए ।
पेस्तोल फेला परेपछि तत्कालै प्रहरीलाई खबर गरिएको उनले बताएकान छन । गौशाला प्रहरीले मुचुल्का तयार पारी भेटिएको पेस्तोल लगेको छ । त्यसबारेमा थप छानबिन गर्ने बताइएको छ ।