कृषि उद्योगमात्र नेपालमा दिगो हुन्छ: प्रचण्ड

काठमाण्डु टुडे २०७९ चैत २२ गते १२:०८ मा प्रकाशित

काठमाण्डु, २२ चैत– नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कृषिमा आधारित उद्योगमात्र नेपालमा दिगो हुने बताएका छन ।

आज (बुधबार) नेकपा (माओवादी केन्द्र)को आयोजनामा भएको सहकारीकर्मीहरुको प्रथम भेलालाई काठमाण्डुमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन । उनले कृषिभन्दा बाहिरको उद्योग खोल्न खोजे दिगो नहुने बताएका छन ।

प्रधानमन्त्री प्रचण्डले भने, ‘नेपालमा कृषिमा आधारित उद्योगमात्र दिगो हुन्छ ।’ उनले आर्थिक समृद्धिका लागि कृषि उत्पादनमा जोड दिनुपर्ने बताएका छन । उनले यस वर्षको नीति तथा कार्यक्रममा पनि कृषिलाई प्राथमिकता दिने बताएका छन ।

कार्यक्रममा नेकपा माओवादी केन्द्रका उपमहासचिव एवम् पूर्वअर्थमन्त्री जनार्दन शर्माले, पार्टीले अब पहिलेको जस्तै उत्पादन ब्रिगेड बनाएर कृषिजन्य उत्पादनमा जोड दिनुपर्ने बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us