बालविवाह गरेको आरोपमा ३ जना पक्राउ

काठमाण्डु टुडे २०७९ चैत २२ गते ११:१५ मा प्रकाशित

काठमाण्डु, २२ चैत– प्रहरीले दाङबाट बालविवाह गरेको आरोपमा किशोरकिशोरीसहित तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बंगलाचुली गाउँपालिका९४ गहतेराकी १५ वर्षीया किशोरी र वडानम्बर ८ हाँसिपुर स्यालाका १७ वर्षीय किशोर र एक जना महिला रहेका छन ।

१९ चैत बिवाह गर्दै गरेको अवस्थामा प्रहरीले मंगलबार दुलाहादुलहीसहित विवाह गराउन सहयोग गरेको आशंकामा एक महिलालाई पनि नियन्त्रणमा लिएको प्रहरीले बताएको छ ।

उनीहरुविरुद्ध बालविवाहको मुद्दा चलाइएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता राजनकुमार गौतमले जानकारी दिएका छन । उनले केटाकेटीका परिवारले आपसी समझदारीमा विवाह गराएको बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us