उपनिर्वाचनमा सत्तारुढ गठबन्धन विभाजित

काठमाण्डु टुडे २०७९ चैत २१ गते १८:१४ मा प्रकाशित

काठमाण्डु,२१ चैत– आगमी १० वैशाखमा हुने उपनिर्वाचनमा सत्तारुढ गठबन्धन विभाजित भएका छन । कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टी गरी ५ दल एक ठाउँमा उभिएका छन् भने जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टीलगायतले भने उनीहरुलाई साथ नदिने भएका छन ।

५ दलले मंगलबार विज्ञप्ति जारी गरी बारा २ मा जनता समाजवादी पार्टीका उपेन्द्र यादव, चितवन २ मा कांग्रेसका जितनारायण श्रेष्ठ र तनहुँ १ मा कांग्रेसका गोविन्द भट्टराईलाई समर्थन गर्ने निर्णय गरेका छन ।

जसमा जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय जनमोर्चा, बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी र प्रभु साह नेतृत्वको आम जनता पार्टीले भने हस्ताक्षर गरेका छैनन् ।

जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीले बारा २ आफ्नै उम्मेदवार मैदानमा उत्रारेका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us