ललिता निवास प्रकरणको फाइल खोलेपछि षड्यन्त्र भयो: सर्वेन्द्र खनाल

काठमाण्डु टुडे २०७९ चैत २१ गते १८:०७ मा प्रकाशित

काठमाण्डु,२१ चैत– एमाले तनहुँ– १ का उम्मेदवार सर्वेन्द्र खनालले आफू प्रहरी महानिरीक्षकको रूपमा रहँदा ललिता निवास काण्डमा आफूले दोषीलाई कारबाही गर्न फाइल तयार गरेपछि आफू विरुद्ध षड्यन्त्र भएको बताएका छन ।

तनहुँको दमौलीमा भएको चुनावी कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन । उनले आफू निर्वाचित भए तनहुँ जिल्लालाई गर्व गर्न लायक जिल्लाको रूपमा विकास गर्ने पनि बताएका छन ।

खनालले तनहुँको मात्रै नभई देशकै छोरो बन्ने प्रयत्न गर्ने भन्दै सोही कारण देश र जनताको सेवाका लागि आफू चुनावी मैदानमा आएको बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us