
पोखरा,२१ चैत– पोखरामा ४५ वर्षीय पुरुषले आत्मदाह गरेका छन् । पोखरा महानगरपालिका–१७ विरौटास्थित मेलमिलाप टोलका ४५ वर्षीय इन्द्रप्रसाद अर्यालले घरको कोठामा आत्मदाह गरेको प्रहरीले जानकारी दिएको छ ।
अर्यालले शरीरमा आगो लगाएर आत्मदाह गरेका । वडा प्रहरी कार्यालय बैदामका डिएसपी वेद जोसीले जानकारी दिएका छन । प्रहरी पुग्दा घरको कोठा भित्रबाट चुकुल लगाइएको पाइएको डिएसपी जोसीले बताएका छन ।
मंगलबार दिउँसो साढे ३ बजे प्रहरी पुग्दा शरीर जलेको अवस्थामा शव भेटिएको प्रहरीले बताएको छ । डिएसपी जोसीले भने, ‘तीनतले घरको दोस्रो फ्ल्याटमा उनले शरीरमा आगो लगाएर आत्मदाह गरेको देखिन्छ,’ ‘घरमा कोही हुनुहुँदो रहेनछ ।
श्रीमति जागिर र छोरी घरबाहिर रहेको अवस्थामा घटना भएको देखिन्छ ।’ अर्यालको कोठामा ग्यालीन भेटिएको प्रहरीले बताएको छ ।