यति छिट्टै उपेन्द्र संसद्‍मा जानु हुँदैन: सीके राउत

काठमाण्डु टुडे २०७९ चैत १९ गते १६:१२ मा प्रकाशित

काठमाण्डु, १९ चैत– जनमत पार्टीका अध्यक्ष सीके राउतले जसपा अध्यक्ष उपेन्द्र यादवलाई जनताले भर्खरै अस्वीकार गरेकाले यति छिट्टै फेरि संसदमा जान नदिने बताएका छन ।

आज आइतबार बारा–२ मा पुगेका राउतले केही महिनाअघि मात्रै निर्वाचन हारेका यादव बारा २ मा निर्वाचन लड्न आए त्यो जनमतकै अपमान हुने बताएका छन ।

उनले भने, ‘उपेन्द्र यादव भर्खर पराजित भएर आएको हुनाले यति चाँडो संसदमा जानु हुँदैन । त्यो गर्नुभयो भने जनमत र जनताले दिएको मतको अपमान हो भन्ने जनताले पनि बुझेका छन्’ त्यही भएर षड्यन्त्र गरेर उहाँ आउँदै हुनुहुन्छ, तर, यहाँका जनताले सफल हुन दिँदैनन् ।’

राउतले बारा २ मा जनमत पार्टीकै उम्मेदवारले जित्ने दाबी गर्दै भने आफू पनि अवश्यकताअनुसार निर्वाचन अवधिभर बारामै बस्ने बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us