जनमत पार्टी मन्त्री पदको भोको होइन: सीके राउत

काठमाण्डु टुडे २०७९ चैत १७ गते १७:२६ मा प्रकाशित

काठमाण्डु,१७ चैत– जनमत पार्टीका अध्यक्ष सीके राउतले आफ्नो पार्टी मन्त्री पदको भोको नरहेको बताएका छन । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद् विस्तार गरेलगत्तै सीके राउतले ट्वीट गर्दै यस्तो बताएका हुन ।

त्यसअघि जनमत पार्टीबाट सरकारमा खानेपानी मन्त्रीको भूमिकामा रहेका अब्दुल खानले राजीनामा दिएका थिए । खानलाई बधाई दिँदै उनले लेखेका छन्, ‘मा।

अब्दुल खानलाई धेरैधेरै बधाई छ– उहाँले राजीनामा दिएर साबित गर्नुभएको छ कि जनमत पार्टी कुनै मन्त्री पदको भोको होइन ।’ सीके राउतले आफूहरु जनताको सेवक रहेको पनि बताएका छन ।

उनले लेखेका छन्, ‘जनतासँग गरेको बाचा अनुसार सेवा दिन सके पदमा बस्ने हो, कामै गर्न सकिएन र जनताको बाचा पूरा गर्न सकिएन भने टाँसिरहनुको औचित्य हुँदैन ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us