लोकतान्त्रिक गणतन्त्र स्थापना भएपछि समस्याहरु देखिए: खनाल

काठमाण्डु टुडे २०७९ चैत १७ गते १७:१९ मा प्रकाशित

काठमाण्डु,१७ चैत– पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले देशमा ठूलाठूला समस्या र चुनौतीहरू बढिरहेको बताएका छन ।

आज (शुक्रवार) रिपोर्टस क्लब नेपालको २५ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन ।

उनले संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल, स्थापना भएपछि ठूलाठूला समस्याहरु र चुनौतीहरू खडा भइरहेको पनि बताएका छन ।

खनालले अहिले अन्तर्राष्ट्रिय जगत पनि चुनौतीपूर्ण अवस्थामा रहेको पनि बताएका छन । उनले विश्व नै अहिले अनिश्चयपूर्ण बनेको भन्दै संयमित भएर काम गर्न आवश्यक भएको पनि बताएका छन ।

खनालले विश्वमा अहिले विश्वयुछ नै हुने हो की भन्ने चिन्ता रहेको पनि बतएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us