
काठमाण्डु,१७ चैत– पछिल्लो २४ घण्टामा नेपालमा १४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । एक हजार ७९ जनाको नमुना परीक्षण गर्दा १४२ जनामा कोरोना संक्रमण पष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
आरटी पीसीआर विधिबाट ३८१ र एन्टीजेन विधिबाट ६९८ जनाको परीक्षण गरिएकोमा १४२ जनामा संक्रमण पाइएको मन्त्रालयले बताएको छ ।
तीमध्ये आरटी पीसीआर विधिबाट ४४ र एन्टीजेन विधिबाट ९८ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जानकारी दिएको छ ।
आरटी पीसीआर विधिबाट मात्र गरिएको परीक्षणको आधारमा देशमा हाल सक्रिय संक्रमितको संख्या १६३ रहेको पनि मन्त्रालयले जनाएको छ ।