
काठमाण्डु, १७ चैत– नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकार विस्तारपछि सरकारले इतिहासमा नयाँ रेकर्ड बनाउने गरी काम गर्ने बताएका छन ।
आज (शुक्रबार) दिउँसो कोटेश्वरमा नेपाल राष्ट्रिय निजामती कर्मचारी संगठनको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन ।
प्रधानमन्त्रीले मन्त्रिपरिषद विस्तार भएपछि सरकारका कामले गति लिने पनि बताएका छन । उनले भने, ‘यसपटक इतिहासमा गौरव गर्न सकिने केही काम गर्न खोज्दैछु । केही ठूला आयोजना र राष्ट्रले गौरव गर्ने निर्णयहरू गर्नेछु । ’