नुवाकोटमा टाटासुमो दुर्घटना, दुईजानको मृत्यु, ८ जना घाइते

काठमाण्डु टुडे २०७९ चैत १७ गते १६:२५ मा प्रकाशित

विदुर,१७ चैत– नुवाकोटको दुप्तेश्वर गाउँपालिका–४ मा टाटासुमो दुर्घटना हुँदा दुईजानको मृत्यु भएको छ । मूत्यु हुनेमा दुप्तेश्वर गाउँपालिका–४ बस्‍ने २५ वर्षीय छिरिङ तामाङ र १६ वर्षीय मनमाया तामाङ रहेका छन ।

ना २ झ ३९८४ नम्बरको टाटा सुमो दुर्घटना हुँदा २ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका डीएसपी खगेन्द्र खड्काले जानकारी दिएका छन ।

यस्तै सुमो दुर्घटनामा परी ८ जना घाइते भएको र उनीहरुको खरानीटार अस्पतालमा उपचार भइरहेको डीएसपी खड्काले जानकारी दिएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us