
काठमाण्डु, १७ चैत– सत्ता साझेदार १० दलमा अझै ५ मन्त्रालयको भागबण्डा हुन सकेको छैन । आज शुक्रबार दिउँसो मन्त्रिपरिषद् विस्तारको तयारी हुँदै गर्दा पाँच मन्त्रालयको विषयमा अझै सहमति जुट्न सकेको छैन ।
कानुन, न्याय तथा संसदीय मामिला, परराष्ट्र, वन तथा वातावरण, स्वास्थ्य तथा जनसंख्या र युवा तथा खेलकुद मन्त्रालयमा सहमति जुट्न नसकेको बालुवाटार स्रोतले बताएको छ ।
यी मन्त्रालयमध्ये ४ वटा कांग्रेस र एउटा जसपाको भागमा रहेको छ। अन्य मन्त्रालयमा भने भागबण्डा टुंगिएको बालुवाटार स्रोतले जानकारी दिएको छ ।