
काठमाण्डु ,१२ चैत- लुम्बिनी प्रदेशमा नेकपा (माओवादी केन्द्र) सरकारबाट बाहिरिएको छ ।
एमाले नेतृत्वको सरकारमा सहभागी माओवादी केन्द्रका तीन मन्त्रीले आइतबार मुख्यमन्त्री लीला गिरीसमक्ष राजीनामा बुझाएको भौतिक पूर्वाधारमन्त्री इन्द्रजित चौधरीले जानकारी दिए ।
यस्तै माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिएर मन्त्रीहरूले राजीनामा दिएपछि मुख्यमन्त्री लिला गिरी अल्पमतमा परेका छन् । लुम्बिनी सरकारमा माओवादीबाट जोखबहादुर महरा, इन्द्रजित चौधरी र कृष्णा केसी गरी ३ जना सहभागी थिए।