
मुगु,१० चैत– मुगुको भिई केन्द्रबिन्दु भएर आज (शुब्रबार) भूकम्प गएको छ । मुगुको भिई केन्द्रबिन्दु भएर आज बिहान ९ बजेर ५१ मिनेट जाँदा ४ . ५ रेक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरले जानकारी दिएको छ ।
उक्त भूकम्पको धक्का सुदूरपश्चिमका विभिन्न जिल्लामा महसुस भएको थियो । पछिल्लो समय नेपालको पूर्व तथा पश्चिमी क्षेत्र केन्द्रबिन्दू भएर भूकम्प जाने क्रम बढिरहेको छ ।