२०८० सालमा बैंकका कर्मचारीले ३५ दिन बिदा पाउने

काठमाण्डु टुडे २०७९ चैत ९ गते १४:२४ मा प्रकाशित

काठमाण्डु,९ चैत– नेपाल राष्ट्र बैकले २०८० सालमा बैंक बिदा हुने सूची सार्वजनिक गरेको छ । २०८० साल वैशाखदेखि चैतसम्म बैंक बन्द हुने सूची सार्वजनिक भएको हो ।

केन्द्रीय बैंकको जनशक्ति व्यवस्थापन विभागले आज बिहीबार एक सूचना जारी गर्दै २०८० सालमा बैंकका कर्मचारीले बिदा पाउने दिनको सूची सार्वजनिक गरेको हो ।

सूचना अनुसार वर्षभरिमा कूल ३६५ दिनमा सबै गरी कर्मचारीहरूले ३५ दिन बिदा पाउनेछन् । वैशाख १ गते बैंक तथा वित्तीय संस्थाका कर्मचारीलाई बिदा दिने निर्णय गरेको केन्द्रीय बैंकले वैशाख १८ गते (मे १ )मा विश्व मजदुर दिवसको दिन समेत कर्मचारीहरूलाई बिदा दिने निर्णय गरेको छ ।

यस्तै, जेठ १५ गते गणतन्त्र दिवसका दिन, गौरा पर्व, रक्षा बन्धन, गाई जात्रा, श्रीकृष्ण जन्माष्टमी, तीज (महिला कर्मचारीहहरुका लागि मात्र) बिदा दिने निर्णय गरेको छ । यस्तै, असोज ३ गते संविधान दिवसको दिन समेत पूर्ण कर्मचारीलाई बिदा दिने जनाएको बैंकले इन्द्रजात्रा र जितिया पर्व (जितिया पर्व मनाउने महिला कर्मचारीहरूको लागि मात्र) पूर्ण दिन बिदा दिने निर्णय गरेको छ ।

दसैँ तिहार, छठ लगायत अन्य जातजाति, भाषा भाषी धर्म संस्कृति, सम्प्रदायका व्यक्तिहरूलाई मुख्य चाडपर्वका दिनमा बिदा दिने बैंकले जानकारी दिएको छ ।

यद्यपि, तोकिएको बिदा बाहेक नेपाल सरकारले तोक्ने तथा निर्णय गर्ने अन्य सार्वजनिक बिदामा समेत बिदा दिन सकिने बैंकले जानकारी दिएको छ । यसमा शनिवारको सार्वजनिक बिदा गणना हुने छैन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us