
काठमाण्डु, ८ चैत– एमालेका नेता डा. भीम रावलले प्रहरीले मुख थुनेर बोल्न नदिएको विषयमा आपत्ति जनाएका छन ।
हिजो (मङ्गलवार) नेकपा (माओवादी केन्द्र)का अधयक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ उपस्थित एक कार्यक्रममा सहभागी युवाले बैङ्कको ब्याज घटाउनुपर्ने भन्दै नाराबाजी गरेपछि प्रहरीले युवाहरूको मुख थुनिदिएको थियो, सोही घटनालाई लिएर रावलले आपत्ति जनाएका हुन ।
रावलले ट्विट गर्दै भनेका छन्,‘जनताको मुख थुन्ने तथा देश, विदेशलाई हेर्ने आफ्नै विवेकको आँखा थुन्ने तर दलाल पुँजीपति र बाह्य हस्तक्षेपकारीहरूलाई देश, संस्कृति र राज्यमा दाइँ गर्न खुला छोड्ने ? यस्तो कुबुद्धि कसले सिकायो ?’ ।