सत्ता साझेदार १० दलको बैठक बालुवाटारमा जारी

काठमाण्डु टुडे २०७९ चैत ४ गते १८:३५ मा प्रकाशित

काठमाण्डु,४ चैत– सत्ता साझेदार १० दलको बैठक बालुवाटारमा सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवासमा जारी आजको बैठक सत्ता बाँडफाँड, प्रधानमन्त्रीको विश्वासको मत लगायतको विषयमा छलफल हुने नेताहरुले बताएका छन ।

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ६ चैत्रमा विश्वासको मत लिँदैछन् । विश्वासको मत लिएसँगै प्रधानमन्त्रीले सत्ता बाँडफाँडको विषय टुङ्ग्याएर मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका रहेका छन ।

देशको आन्तरिक राजनीति सेटल नहुँदा प्रधानमन्त्रीको भारत भ्रमणको मिति समेत टुंगो लाग्न सकेको छैन । बैठकमा प्रधानमन्त्री प्रचण्डसहित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, पूर्णबहादुर खड्का, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल,

जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव, लोसपा नेता शरत सिंह भण्डारी, जनमत पार्टीका अध्यक्ष सीके राउत, आम जनता पार्टीका अध्यक्ष प्रभु शाह, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ, नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई लगायत रहेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us