तिलगंगामा गाडीको ठक्करबाट एकजना पैदलयात्रुको मृत्यु

काठमाण्डु टुडे २०७९ चैत ४ गते १७:२८ मा प्रकाशित

काठमाण्डु  ,४ चैत– काठमाण्डु महानगरपालिका–९ तिलगंगास्थित सडकमा गाडीको ठक्करबाट एकजना पैदलयात्रुको मृत्यु भएको छ ।

मूत्यु हुनेमा सिन्धुपाल्चोक जलबिरे गाउँपालिका–९ घर भई हाल काठमाण्डुको सिनामंगल डेरा गरी बस्ने ७५ वर्षीया चन्द्रमाया बस्ने रहेका छन ।

ना.३ ख ६०६४ नम्बरको गाडीको ठक्करबाट बस्नेतको शनिबार बिहान मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको केएमसी अस्पताल सिनामंगलमा उपचारको क्रममा मृत्यु भएको हो ।

गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले बताएको छ । घटना बारे थप अनुसन्धान भईरहेको प्रहरीले बताएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us