अफगानिस्तानमा मोर्टार खानी पड्किँदा दुई बालबालिकाको मृत्यु

काठमाण्डु टुडे २०७९ चैत ४ गते १६:३३ मा प्रकाशित

एजेन्सी– अफगानिस्तानको पूर्वी लोगार प्रान्तमा विगतका युद्धमा बाँकी रहेका मोर्टार खानी पड्किँदा दुई बालबालिकाको मृत्यु भएको छ ।

मोर्टार खानी पड्किँदा दुई बालबालिकाको मृत्यु भएको राज्यद्वारा सञ्चालित बख्तर समाचार एजेन्सीले शनिबार जानकारी दिएको छ ।

गत हप्ता अफगानिस्तानको दक्षिणी कान्दाहार प्रान्तमा यस्तै प्रकारको विस्फोटमा चार बालबालिका घाइते भएका थिए । अफगानिस्तान विश्वको सबैभन्दा धेरै खानी प्रदूषित देशहरू मध्ये एक देश हो ।

विगत चार दशक लामो द्वन्द्व र गृहयुद्धबाट बाँकी रहेका विस्फोटक उपकरणहरू बेलाबेलामा विस्फोट हुँदा यहाँ थुप्रै मानिसहरू मारिने र अपाङ्ग हुने गरेका छन ।

लोगार प्रान्तको राजधानी पुल–ए–आलम शहरको अल्तामोर क्षेत्रमा शुक्रबार साँझ बालबालिकाहरूले खेलौनाजस्तो यन्त्र भेट्टाएको र त्यससँग खेल्दा अचानक विस्फोट भएको हो । घटनामा अरु दुई जना घाइते भएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us