
काठमाण्डु,४ चैत– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को संसदीय दलको उपनेतामा उपाध्यक्ष बुद्धिमान तामाङ चयन भएका छन् ।
आज शनिबार बसेको पार्टी संसदीय दलको बैठकले तामाङलाई संसदीय दलको उपनेता चयन गरेको एक नेताले जानकारी दिएका छन । राप्रपाका प्रतिनिधिसभामा १४ जना सांसद रहेका छन ।
तामाङ समानुपातिक पद्धतिबाट प्रतिनिधिसभा सदस्य चयन भएका थिए । राप्रपाको संसदीय दलको नेतामा अध्यक्ष राजेन्द्र लिङ्देन नै रहेका छन् ।