कुमारी घरका तर्फबाट राष्ट्रपति पौडेललाई बधाई

काठमाण्डु टुडे २०७९ चैत ४ गते १४:०४ मा प्रकाशित

काठमाण्डु,४ चैत– कुमारी घर वसन्तपुरका तर्फबाट राष्ट्रपति रामचन्द्र पौडेललाई बधाई तथा सफल कार्यकालको शुभकामना दिइएको छ ।

कुमारी घरको प्रतिनिधिमण्डलले आज शनिबार शीतल निवास पुगेर राष्ट्रपति पौडेललाई बधाई दिएको हो । सोही क्रममा राष्ट्रपति पौडेलसमक्ष कुमारी घरमा भएको पूजाको प्रसाद पुर्‍याइएको थियो ।

कुमारी घरमा हरेक महिनाको दशमीको दिन जीवित देवी कुमारीको पूजा हुने, एकादशीका दिन राष्ट्रप्रमुखसमक्ष सो पूजाको प्रसाद पुर्‍याउने परम्परा रहेको छ ।

 सोही परम्पराअनुसार आज शीतल निवासमा कुमारी घरका प्रतिनिधिमण्डलले राष्ट्रपति पौडेलसमक्ष पहिलोपल्ट कुमारी घरको प्रसाद पुर्‍याएको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us