लागूऔषधसहित एक जना पक्राउ

काठमाण्डु टुडे २०७९ फागुन २९ गते १४:२४ मा प्रकाशित

काठमाण्डु,२९ फागुन– प्रहरीले लागूऔषधसहित काठमाण्डुबाट एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पक्राउ पर्नेमा ३३ वर्षीय उद्धव पौडेल रहेका छन् ।

काठमाण्डु महानगरपालिका–१६ मा लागूऔषध ओसार पसार तथा खरिद बिक्री भइरहेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो।

उनको कोठा चेक जाँच गर्दा लुकाई राखेको अवस्थामा औषधीजन्य लागूऔषध, मोबाइलहरू र नगदसमेत फेला परी नियन्त्रणमा लिइएको प्रहरीले बताएको छ ।

उनको साथबाट ५१ ट्याब्लेट लागूऔषध, ११ थान सिरिन्ज, रेडमी मोबाइल तीन थान, वन प्लस मोबाइल एक थान, स्यामसुङ मोबाइल १० थान, भिभो मोबाइल तीन थान, वप्पो मोबाइल एक थान र आइफोन दुई थान बरामद गरीएको प्रहरीले बताएको छ ।

यसका साथै उनको साथबाट प्रहरीले नगद २५ हजारसमेत बरामद गरेको छ। उनीमाथि लागूऔषध नियन्त्रण ऐन, ०३३ बमोजिम काठमाण्डु जिल्ला अदालतबाट म्याद थप अनुमति लिई प्रहरी वृत्त बालाजुबाट थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us