सर्वोच्चको आदेशमा प्रधानमन्त्री प्रचण्डको प्रतिक्रिया: विभाजित माओवादी एकै ठाउँमा आऊ भन्ने बुझेँ

काठमाण्डु टुडे २०७९ फागुन २९ गते १४:१८ मा प्रकाशित

काठमाण्डु,२९ फागुन– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नोविरुद्ध मुद्दा दर्ता गर्न सर्वोच्च अदालतले आदेश दिँदा आफूलाई कुनै चिन्ता नभएको बताएका छन ।

आज (सोमबार) काठमाण्डुमा आयोजित एक कार्यक्रममा प्रचण्डले यो आदेशले बाहिर प्रधानमन्त्री केही हुन लागेको हो कि भनेर तरंग पैदा भएको पनि बताएका छन ।

उनले भने, ‘म विल्कुल चिन्तित थिइनँ’‘विभाजित माओवादी एकै ठाउँमा आऊ भन्ने आदेश बुझेँ मैले ।’ उनले अदालतको आदेशले संक्रमणकालीन न्यायसम्बन्धी विधेयक अघि बढाउन समेत मद्दत गरेको बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us