
काठमाण्डु, २८ फागुन- नेविसंघको समूहले मकवानपुर बहुमुखी क्याम्पस तोडफोड गरेको छ ।
स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको विषयमा विवाद हुँदा नेविसंघको समूहले क्याम्पस तोडफोड गरेको हो। तोडफोडबाट क्याम्पसका चारवटा झ्यालका सिसा फुटेका छन् ।
असन्तुष्ट नेविसंघका कार्यकर्ताले क्याम्पस परिसरमा टायर बालेर विरोध गरेका छन् । तोडफोड र प्रदर्शनमा उत्रिएपछि बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको छ । मकवानपुरमा नेविसंघ दुई समूहमा विभाजित छ । एक समूहको नेतृत्व भीषण ठकुरी समूहले गरेको छ भने अर्को समूहको नेतृत्व सुवास सापकोटाको समूहले गरेको छ ।
स्ववियु निर्वाचनमा ठकुरी समूहलाई मान्यता नदिएपछि सो समूह तोडफोडमा उत्रिएको हो । सापकोटा कांग्रेस नेता इन्द्र बानियाँ निकट मानिन्छन् भने ठकुरी नेतृ डीना उपाध्ययायनिकट मनिन्छन् । स्ववियु निर्वाचनमा नेविसंघ अध्यक्ष डुजाङ शेर्पाले ठकुरी समूहलाई आधिकारिक भनेर चिठी पठाएपनि स्ववियु निर्वाचन कमिटीले सापकोटा टीमलाई उम्मेदवार बनाएपछि लफडा भएको हो ।