
काठमाण्डु,२५ फागुन– पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले राष्ट्रपतिमा निर्वाचित भएकोमा नेता रामचन्द्र पौडेललाई बधाई दिएका छन् ।
निर्वाचनको मतगणनाअनुसार पौडेल निर्वाचित भएलगत्तै सामाजिक सञ्जालमार्फत देउवाले बधाई दिएका हुन् । पाडेल कांग्रेसका वरिष्ठ नेता समेत हुन् ।
देउवाले भनेका छन, ‘राष्ट्रपतिमा निर्वाचित हुनुभएकामा मेरा मित्र रामचन्द्र पौडेलजीलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना ।’