रोल्पामा मजदुर बोकेको ट्याक्टर दुर्घटना, एक जनाको मृत्यु

काठमाण्डु टुडे २०७९ फागुन २५ गते १२:२७ मा प्रकाशित

काठमाण्डु,२५ फागुन– रोल्पा जिल्लाको त्रिवेणी गाउँपालिका–२ दहवनमा बुधबार बेलुका भएको ट्याक्टर दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ ।

मूत्यु हुनेमा सल्यानको कुमाक गाउँपालिका–६ का ३२ वर्षीय टोपलाल बिक रहेका छन । राप्ती विज्ञान प्रतिष्ठान दाङमा उपचार गराइरहेका बिकको बिहीबार बिहान पौने १ बजे बिकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ ।

सडकमा काम गर्ने मजदुर सवार रा१त १७२५ नम्बरको उक्त ट्याक्टर सडकबाट करिब १५ मिटर तल खसेको प्रहरीले बताएको छ । दुर्घटनामा परि ७ जना घाइते भएका छन् । घाइतेहरुलाई उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङ पठाइएको प्रहरीलmे जानकारी दिएको छ । घाइतेमध्ये ५ जनाको अवस्था गम्भीर र २ जनाको अवस्था मध्यम रहेको प्रहरीले बताएको छ ।

ट्याक्टर चालक दाङ घोराही उपमहानगरपालिका वडा नं। ३ का २९ वर्षीय नवीन चौधरीलाई नियन्त्रणमा लिइ इलाका प्रहरी कार्यालय होलेरीमा राखेर अनुसन्धान सुरु गरिएको प्रहरीले बताएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us