श्री एयरलाइन्सको जहाज त्रिभुवन विमानस्थलमा सुरक्षित अवतरण

काठमाण्डु टुडे २०७९ फागुन २५ गते १२:२१ मा प्रकाशित

काठमाण्डु,२५ फागुन– काठमाण्डुबाट भैरहवाको लागी उडेको श्री एयरलाइन्सको जहाजको इन्जिनमा आगो लागेको देखिएपछि काठमाण्डु नै फर्काएर सुरक्षित अवतरण गराइएको छ ।

उडान नं.८२१ को जहाजको इन्जिनमा आगो देखिएपछि धादिङको थाक्रेबाट फर्किएको हो । सो जहाज त्रिभुवन विमानस्थलमा केहीबेर अघि सुरक्षित अवतरण गरेको छ ।

सो जहाजमा रहेका चालक दलका सदस्य र यात्रुहरू सबै सकुशल रहेका छन । जहाज क्याप्टेन भरत सिंह थापाले उडाएका थिए ।

विमानस्थल काठमाण्डुबाट उड्नासाथ जहाजको इन्जिनमा आगो देखिएको भनेर चालक दलका सदस्यले टावरलाई जानकारी गराएको स्रोतले बताएको छ ।

त्यसलगत्तै जहाजलाई काठमाण्डु फर्काइएको थियो । यो जहाज अवतरणका लागि अन्य उडान रोकिएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us