राष्ट्रपतिमा प्रचण्डजीले मलाई प्रस्ताव गर्नुभयो, मैले कांग्रेसलाई दिऊ भनें: नेपाल

काठमाण्डु टुडे २०७९ फागुन २५ गते १२:१३ मा प्रकाशित

काठमाण्डु,२५ फागुन– नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूलाई राष्ट्रपतिमा प्रस्ताव गरेको बताएका छन ।

राष्ट्रपतिको उम्मेदवार चयन गर्ने क्रममा सबै राजनीतिक दलसामु प्रधानमन्त्री प्रचण्डले आफ्नो नाम प्रस्ताव गरेको तर आफूले कांग्रेसलाई दिऊ भनेको बताएका छन ।

राष्ट्रपतिको निर्वाचनमा मतदान गरेपछि प्रतिक्रिया दिंदै उनले यस्तो बताएका हुन । उनले भने, ‘प्रचण्डजीले मेरो नाम प्रस्ताव गर्नुभएकै हो सबै पार्टीको सामुमा । मैले अगाडि सरेर भनेकै हुँ अहिलेको परिस्थिति हेर्दाखेरी नेपाली कांग्रेसलाई नै दिऊ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us