जापानको नयाँ रकेट आफ्नो पहिलो उडानमा नै फेल

काठमाण्डु टुडे २०७९ फागुन २४ गते १६:३३ मा प्रकाशित

एजेन्सी– जापान एयरोस्पेस एक्सप्लोरेसन एजेन्सीले मङ्गलवार अर्थात् सात मार्च २०२३ मा भारी क्षति व्यहोर्नुपर्यको छ । एजेन्सीको नयाँ रकेट एचथ्री आफ्नो पहिलो उडानमा नै फेल भएको थियो ।

यो एक मिडियम लिफ्ट रकेट थियो जसको लन्चिङ त सही भयो तर दोस्रो चरणको इन्जिन स्टार्ट नभएका कारण रकेट दिशा भड्किन थाल्यो । यस्तोमा रकेटलाई अन्तरिक्षमा नै विस्फोट गरेर उडाइएको थियो । जापानी स्पेस एजेन्सीले यो रकेट बनाएको थियो । एलन मस्कको स्पेस एक्स कम्पनीभन्दा सस्तो मूल्यमा उपग्रह प्रक्षेपण गर्ने यसको योजना रहेको थियो । १८७ फिट अग्लो यो रकेट मङ्गलवार तानेगाशिमा स्पेस पोर्टबाट उडेको थियो ।

यो स्पेस पोर्ट दक्षिण पश्चिम जापानको कागोशिमा परफेक्चरमा छ । अन्तरिक्षमा पुगेपछि दोस्रो चरणमा इन्जिन चालु नभएपछि यो मिसन फेल भएको हो । त्यसपछि जाक्साका वैज्ञानिकले स्पेस पोर्टले यसले कसैलाई हानी नपुर्‍याओस् भनेर विस्फोट गरेर उडाइदिए । दोस्रो चरणमा इन्जिनमा आएको गडबडीबारे अब वैज्ञानिकले अनुसन्धान गरिरहेका छन् ।

अघिल्लो महिना पछि यो रकेट लन्च गर्ने प्रयास गरिएको थियो तर कुनै समस्याका कारण यो रोकिएको थियो । ओसाका युनिभर्सिटीका प्राध्यापक हिरोटोका वाटानाबोले अघिल्लो महिना यो मिसन रोकिएको भए पनि यस पटक त यो पूर्ण रूपमा फेल नै भएको भन्दै दुःख व्यक्त गरेका छन ।

उनले भने, ‘जापानको भविष्यको स्पेस नीतिमा यो घटनाले असर पार्ने वाला छ । यदि ऊ अन्तरिक्षको व्यापार र प्राविधिक माहौललाई अघि बढाउन चाहन्छ भने ऊ यस्ता घटनाबाट अघि बढ्नुपर्छ । ’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us