राज्यका हरेक निकायमा महिलाको प्रतिनिधित्व हुनुपर्छ: मन्त्री शर्मा

काठमाण्डु टुडे २०७९ फागुन २४ गते १४:०९ मा प्रकाशित

काठमाण्डु,२४ फागुन– सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले संविधान र कानुनमा महिलाका पक्षमा भएका व्यवस्थाहरु कार्यन्वयन हुन नसक्ने चुनौती भएको बताएकी छन ।

आज (बुधबार) अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको उपलक्ष्यमा एक विज्ञप्ति जारी गर्दै उनले यस्तो बताएकी हुन । मन्त्री शर्माले राज्यका हरेक निकायमा महिलाको प्रतिनिधित्व गराउनुपर्ने पनि बताएकी छन ।

सूचना प्रविधिको उपयोगमा महिलाको पहुँच विस्तार गरी सेवा प्रवाह, उत्पादकत्व, अभिवृद्धि गर्दै राज्यका सबै तह र क्षेत्रमा महिलाको अर्थपूर्ण सहभागी सहित सारभूत समानता कायम गरी लैंकगिक न्याय र समानतामुलक राष्ट्र निर्माण गर्ने कार्यमा सबैको ध्यान पुग्न जरुरी रहेको भन्दै विज्ञप्तिमा उल्लेख गरिएको छ ।

उनले सूचना प्रविधिको विकासले महिलालाई जीवनयापनमा सहज बनाएको भएपनि प्रविधिमा महिलाको पहुँच अपेक्षाकृत हुन नसेकको शर्माले बताएकी छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us