दुर्गा प्रसाईंद्वारा एमाले परित्याग

काठमाण्डु टुडे २०७९ फागुन ८ गते ७:३८ मा प्रकाशित

काठमाण्डु, ८ फागुन–मेडिकल व्यवसायी एवं एमाले केन्द्रीय सदस्य दुर्गा प्रसाईंले पार्टी छाडेका हुन् ।

राजतन्त्र फर्काउने अभियान थालेको भन्दै एमाले प्रदेश १ समितिले कारबाहीका लागि केन्द्रमा सिफारिस गरेपछि प्रसाईंले पार्६ी परित्यागको घोषणा गरेका हुन् । उनले अध्यक्ष केपी ओलीसमक्ष मंगलबार राजीनामा बुझाउने बताए । ‘मैले एमाले परित्याग गरिसकेको छु । आज हजुरबा (ओली) लाई राजीनामा बुझाउँदैछु’, प्रसाईले काठमाण्डुटुडेसँग भने ।

उनले एमालेमाथिको विश्वास सकिएकाले पार्टीमा बस्न नसकेको बताए । प्रसाईंले थगत १ फागुनमा गृहजिल्ला झापाबाट बैंक तथा वित्तिय संस्था तथा वर्तमान राजनीतिक प्रणाली भत्काएर राजतन्त्र पुनस्र्थापनाका लागि अभियान घोषणा गरेका थिए ।

उक्त कार्यक्रममा पूर्वराजा ज्ञानेन्द्र शाह, उनका छोरा पारससहित परिवारका सदस्यहरु सहभागी थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us