संयन्त्रको बैठकमा लामिछानेको माग– चितवन–२ मा चाँडै उपनिर्वाचन होस

काठमाण्डु टुडे २०७९ माघ २९ गते १३:२६ मा प्रकाशित

काठमाण्डु,२९ माघ– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चितवन–२ मा चाँडै उपनिर्वाचन गराउन माग गरेका छन् ।

आज बालुवाटारस्थित प्रधानमन्त्री निवासमा भएको सत्ता साझेदार संलग्न उच्चस्तरीय संयन्त्रको बैठकमा लामिछानेले यस्तो माग गरेका हुन ।

बैठक पछि उनले भने, ‘ मैले चितवन–२ मा चाँडै उपनिर्वाचन होस भनेर नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भनेको छु, प्रधानमन्त्रीले यसबारे निर्वाचन आयोगसँग कुराकानी भइरहेको जानकारी दिनु भएको छ’ ।

सत्ता साझेदार दलमा राष्ट्रपतिका लागि लिएर कुनै मतभेद नभएको र पूर्व सहमति अनुसार नै राष्ट्रपतिको उम्मेदवार चयन हुने उनले बताएका छन ।

नेपाली नागरिकता नलिई गत निर्वाचनमा भाग लिएको भन्दै सर्वोच्च अदालतले चितवन–२ वाट विजयी लामिछानेको सांसद पद अस्वीकृत गरेको थियो ।

उक्त फैसला पछि चितवन–२ सांसदविहीन अवस्थामा छ । लामिछानेले नेपालको नागरिकता पुनः लिए पछि फेरी निर्वाचन लड्ने मनस्थितिमा रहेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us