बलात्कार आरोपमा एक जना युवक पक्राउ

काठमाण्डु टुडे २०७९ माघ २९ गते ११:३४ मा प्रकाशित

काठमाण्डु,२९ माघ– प्रहरीले रामेछापबाट नाबालिगलाई बलात्कार गरेको आरोपमा एकजना युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा रामेछापको सुनापति गाउँपालिका–२ सिमपानी घर भएका २६ वर्षीय चेतबहादुर मगर भन्ने रबिन थापामगर रहेका छन ।

२७ माघमा १४ वर्षीय बालिकालाई फलामे पोखरी सामुदायिक वनमा नाबालिगलाई बलात्कार गरेर उनी फरार रहेका थिए ।

अनुसन्धानपछि खाँडादेवी गाउँपालिका–१ स्थित खैरेनी पुलबाट उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापले जानकारी दिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जानकारी दिलएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us