युवा बेरोजगारको ताँती छ: विप्लव

काठमाण्डु टुडे २०७९ माघ २५ गते १५:२८ मा प्रकाशित

काठमाण्डु,२५ माघ– नेपाल कम्युनिस्ट पार्टी नेकपाका महासचिव विप्लवले मध्यमवर्गीय उद्योगी व्यवसायी टाट पल्टिने अवस्थामा पुगेको बताएका छन ।

उनले ठूला उद्योगी व्यवसायीले पुँजी विदेश लगिरहेको तर राष्ट्रिय उद्योगी व्यवसायीहरु ऋणको ठूलो मारमा परेर टाट पल्टिन लागेका बताएका छन ।

पार्टीको केन्द्रीय कमिटी बैठकको निर्णय जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन । उनले साना किसान भने मिटरब्याज र लघुवित्तको ऋणको पासोमा परेको बताएका छन ।

उनले भने,‘किसानले पुरानो जीवनबाट माथि उठ्न ऋण काढेका छन् । तर ती सबै जेथा मिटरब्याजीले लिएर सडकमा पु¥याइदिइरहेका छन्’ । शहरमा शैक्षिक बेरोजगारीका कारण युवा पुस्ता विक्षिप्त रहेको बताएका छन ।

क्याम्पस र विश्वविद्यालयबाट निस्केका युवाहरु बेरोजगारको ठूलो ताँती निस्केको पनि विप्लवले टिप्पणी गरेका छन । युवापुस्तामा रहेको निराशा गत मंसिरमा भएको प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा पनि देखिएको उनले बताए ।

‘यो चुनाव इतिहासकै सबैभन्दा फितला र कमजोर भए, जनताले कम मतदान गरे र नयाँ विकल्पको खोजीमा हिँडे’ उनले भने, ‘चुनावमा नयाँ दल उदाउनु सकारात्मक कुरा हो ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us