भीम रावललाई शिक्षामन्त्रीको जवाफः मेरो विद्यालय कुन हो भनिदिनुस्

काठमाण्डु टुडे २०७९ माघ २१ गते १८:५८ मा प्रकाशित

काठमाण्डु, २१ माघ– शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनालले एमाले नेता भीम रावलले आफूलाई निजी विद्यालय सञ्चालक भनेकामा आपत्ति जनाएका छन् ।

सामाजिक सञ्जालमार्फत खनालले आफूले सञ्चालन गरेको निजी विद्यालय देखाइदिने रावललाई चुनौती दिएका हुन् ।

शनिबार राजधानीमा आयोजित एक कार्यक्रममा रावलले वैदेशिक रोगजार व्यवसायीलाई श्रममन्त्री, निजी स्कुल सञ्चालकलाई शिक्षामन्त्री र दोहोरो नागरिकता लिनेलाई गृहमन्त्री बनाइनु गणतन्त्र ल्याउन योगदान गरेकाहरुको अवमूल्यन भएको टिप्पणी गरेका थिए ।

‘मेरो लगानी भएको नीजि विद्यालय कुन रहेछ, म खोज्दै थिएँ । डा. भीम रावललाई थाहा रहेछ । लौन भनिदिनुपर्यो । नाम, ठेगाना भए सजिलो हुन्थ्यो’, खनालले सामाजिक सञ्जालमा लेखेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us