
काठमाण्डु,२० माघ– मधेस प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले आज शुक्रबार मन्त्रिपरिषद् विस्तार गरेका छन । उनले ६ मन्त्री र ३ राज्यमन्त्री नियुक्त गरेका हुन् ।
संविधानको धारा १६८ को उपधारा ९ बमोजिम मन्त्रिपरिषद् विस्तार हुँदा अझै एक मन्त्रालयमा कार्यविभाजन हुन बाँकी रहेको छ ।
मुख्यमन्त्री सरोज यादवले उद्योग, पर्यटन तथा वाम मन्त्रालय आफैँलाई लिएर अन्य मन्त्रालयलाई भने पूर्णता दिएका छन । नेकपा माओवादी केन्द्र भने सरकारमा सहभागी भएन ।
माओवादीले २ वटा मन्त्रालय मागेको थियो । मुख्यमन्त्री सरोज यादवले माओवादीका भरतप्रसाद साहलाई उद्योग, पर्यटन तथा वनमन्त्री बन्न प्रस्ताव गरेका थिए । तर माओवादी तयार नभएपछि सरकारमा सहभागी नभएको हो ।