
जुम्ला , १९ माघ– जुम्लामा रवि लामिछानेलाई न्याय दिनुपर्ने भन्दै एक युवकले आत्मदाहको प्रयास गरेका छन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ड्राइभरको रुपमा कार्यरत ४० वर्षीय गोकर्ण कार्कीले आफ्नै शरीरमा आगो लगाउने प्रयास गरेका हुन्
। मेडिकल कलेजको गेट अगाडि आत्मदाहको प्रयास गरेका उनलाई उद्धार गरीएको प्रहरी निरीक्षक यामबहादुर बुढामगर जानकारी दिएका छन । कुनै दुर्घटना हुन नपाएको प्रहरीले बताएको छ ।’