भारत झारखण्डको एक अपार्टमेन्टमा आलगाली, १५ जनाको शव फेला

काठमाण्डु टुडे २०७९ माघ १८ गते ८:३४ मा प्रकाशित

एजेन्सी– भारत झारखण्डको एक अपार्टमेन्टमा भएको आगलागीमा कम्तीमा १५ जनाको ज्यान गएको छ ।

धनवाद सहरस्थित आशीर्वाद अपार्टमेन्टमा आगलागी भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । हालसम्म ११ महिला, दुई बालबालिका र एक पुरूषको शव फेला परेको अधिकारीहरुले जनाएका छन् । आगलागी नियन्त्रण र उद्धारको काम जारी छ ।

प्रहरीका अनुसार आगलागी भएको अपमार्टमेन्टमा ठूलो संख्यामा सर्वसाधारण फसेका छन् । अपार्टमेन्टको एक घरमा पूजा लगाइएको स्थानबाट आगलागी सुरु भएको त्यहाँका सञ्चार माध्यमले जनाएका छन् ।

यसैबीच मुख्यमन्त्री हेमन्त सोरनले घटनाप्रति दुःख व्यक्त गरेका छन् । उनले आगो निभाउन र घाइतेको उपचारका लागि युद्धस्तरमा काम भइरहेको ट्वीटमार्फत बताएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us