
काठमाण्डु,१६ माघ– नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक दुई दिनपछि सारिएको छ । आज (सोमबार) पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बोलाइएको पदाधिकारी बैठकमा नेताहरूको कार्य विभाजनको विषयमा कुरा नमिलेपछि माघ १७ गतेका लागि सारिएको स्थायी समिति बैठक माघ १८ गतेका लागि बोलाउने निर्णय भएको छ ।
पार्टीको संगठनसम्बन्धि होमवर्क नसकिएकाले भोलि पनि पदाधिकारी बैठक बसेर आवश्यक निर्णय गरी स्थायी समिति बैठक पर्सीका लागि सार्ने निर्णय गरिएको उपाध्यक्ष कृष्णबहादुर महराले बताएका छन ।
माओवादी केन्द्रको जारी स्थायी समिति बैठकमा नेताहरूको कार्य विभाजनसम्बन्धी प्रस्ताव तयार पार्न महासचिव देवप्रसाद गुरुङ नेतृत्वको कार्यदल बनाएको थियो ।
त्यसमा सहमति जुटाउन आज पदाधिकारी बैठक बोलाइएको थियो । बैठकमा गृहमन्त्री कसलाई बनाउने भन्ने विषयमा छलफल नभएको पनि उपाध्यक्ष महराले जानकारी दिएका छन ।