फरार सांसदको विषयमा केही दिनमै निर्णयमा पुग्छौं: रवि लामिछाने

काठमाण्डु टुडे २०७९ माघ १० गते १४:५८ मा प्रकाशित

काठमाण्डु, १० माघ- उपप्रधानमन्त्री एवंम गृहमन्त्री रवि लामिछानेले क्रसर, फरार सांसद र आन्दोलनरत अधिकारकर्मीका विषय एक दुई दिनभित्र सम्बोधन गर्ने बताएका छन् ।

मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै लामिछानेले यी तीनवटै विषयमा गृह मन्त्रालय संवेदनशील भएर काम गरिरहेको बताएका छन् । क्रसरका विषयमा होस् वा फरार सांसदका विषयमा होस् वा आन्दोलनरत अधिकारकर्मीका विषयमा ।

गृह मन्त्रालय अत्यन्त संवेदनशील भएर काम गरिरहेको छ । तर नतिजा आउन समय लाग्ने भएको छ लामीछानेले भने। राज्यको संयन्त्रलाई चलाइएको छ, गिजोलिएको छ, तिनलाई ट्रयाकमा ल्याउन नसक्दा ढिलो भएको हो, त्यस्ता ठाउँलाई ठीक गरेर केही दिनभित्र निर्णयमा पुग्छौं।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us