

काठमाण्डु, ७ माघ– नेपाली काँग्रेसले उपसभामुख पद प्रतिपक्षको हुनुपर्ने बताएको छ ।
शनिबार प्रतिनिधिसभा बैठकमा बोल्दै पाण्डेले सभामुख र उपसभामुख सत्ता पक्षबाटै हुन नहुने बताए । संविधानको मर्म र भावनाअनुसार विपक्षीले सभामुख पाउनुपर्ने दाबी पाण्डेको थियो । पाण्डे उपसभामुखमा कांग्रेस सांसद मुक्ताकुमारी यादवको प्रस्तावक हुन् ।
‘सत्तापक्षको व्यक्ति सभामुख भएपछि उपसभामुख प्रतिपक्षले प्रस्ताव गरेको व्यक्ति हुनुपर्छ’, पाण्डेले भने, ‘यसरी मात्र सदनलाई एकतावद्ध बनाएर लैजान सजिलो हुन्छ ।’
संविधानमा सभामुख र उपसभामुख फरक दलको हुनुपर्छ भन्नुको अर्थ फरक पक्षको भनिएको अर्थ उनले लगाए ।