सरकारलाई कांग्रेसले समर्थन गर्नु महाभुल हुनेछ: नैनसिंह महर

काठमाण्डु टुडे २०७९ पुष २६ गते १२:२८ मा प्रकाशित

काठमाण्डु,२६ पुस– कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले नेकपा माओवादी अध्यक्ष एवंम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई कांग्रेसले विश्वासको मत दिने निर्णय गरे महाभुल हुने बताएका छन् ।

अहिलेको अवस्थामा कुनै पनि हालतमा प्रचण्डलाई विश्वासको मत दिन नहुने उनले बताएका छन । निर्वाचन अगाडि कांग्रेस केन्द्रीय समितिको बैठकमा गठबन्धन भुल हुन्छ भनेको थिएँ’, महरले सामाजिक सञ्जालमा भनेका छन्, ‘ आज फेरि भन्छु, सरकारलाई कांग्रेसले समर्थन गर्नु भनेको महाभुल हुनेछ ।’

उनले संसदीय व्यवस्थाभित्र रहेको पक्ष र प्रतिपक्षको संवैधानिक प्रावधानको समेत सम्मान गर्न निर्णय प्रक्रियामा संलग्न पार्टीका पदाधिकारी र सांसदलाई आग्रह गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us