लोसपाले पनि प्रधानमन्त्री प्रचण्ड लाई विश्वासको मत दिने

काठमाण्डु टुडे २०७९ पुष २६ गते १२:१८ मा प्रकाशित

काठमाण्डु,२६ पुस– लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले पनि नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवंम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिने भएको छ ।

लोसपाका सांसद शरत सिंह भण्डारीका अनुसार विश्वासको मत लिएर प्रतिपक्षमा बस्ने निर्णय अध्यक्ष महन्थ ठाकुरले बताएका छन ।

यसअघि लोसपाको संसदीय दलको बैठकले अध्यक्ष ठाकुरलाई विश्वासको मतबारे निर्णय गर्ने अधिकार थियो । प्रधानमन्त्री प्रचण्डले आज प्रतिनिधि सभामा विश्वासको मत लिँदैछन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us