संसद बैठक दिउँसो १ बजेलाई सर्‍यो

काठमाण्डु टुडे २०७९ पुष २६ गते ११:०३ मा प्रकाशित

काठमाण्डु,२६ पुस– प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजेलाई सारिएको छ । आज बिहान ११ बजे निर्धारित बैठक दुई घण्टा पछि सारिएको हो ।

संघीय संसदका महासचिव डा। भरतराज गौतमले जारी गरेको सूचनामा विशेष कारण बैठक १ बजेलाई सारिएको बताइएको छ । आजको बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष एवंम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिंदैछन् ।

नेपाली कांग्रेसको बैठक जारी रहेपछि बैठक सारिएको अनुमान छ । पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा कांग्रेस पदाधिकारी बैठक लम्बिएकाले संसदीय दलको बैठकसमेत बस्न सकेको छैन ।

कांग्रेसले यो बैठकबाट प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने कि नदिने भन्नेबारे निर्णय गर्ने छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us